लुम्बिनी


दाङमा दुई बस जुध्दा २२ जना घाइते

दाङमा दुई बस जुध्दा २२ जना घाइते

दाङमा बुधबार आपसमा ठोक्किएका दुई बस।


नेपालखबर
चैत २१, २०८० बुधबार १८:५, दाङ

दाङमा बुधबार (आज) दुई बस ठोक्किँदा २२ यात्रु घाइते भएका छन्।

घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ । वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शङ्कर श्रेष्ठले दुईजनाको अवस्था गम्भीर रहेको जानकारी दिए। 

गम्भीर रुपमा घाइते हुनेमा गढवा गाउँपालिका–२ का लक्ष्मण थारू र राप्ती गाउँपालिका–२ लालमटियाका ७८ वर्षीय चन्द्र कमल थापा छन्। थारू दुर्घटनामा परेको एक बसका चालक हुन्। उनीहरुलाई लमही अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज पठाइएको छ। 

लमही नगरपालिका– ३ वनगाउँमा दुईवटा बस एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।

सामान्य घाइतेको लमही अस्पतालमा उपचार भइरहेको छ। बुटवलबाट सुर्खेत जाँदै गरेको लु१ख ७३६३ नं को बस र तुलसीपुरबाट बुटवल जाँदै गरेको रा १ ख २५८१ नम्बरको आपसमा ठोक्किएका हुन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .