काठमाडौँ उपत्यकाभित्र खुला ठाउँ र हरियाली भेटाउन मुस्किल भइसक्यो। सरकारी, सार्वजनिक वा निजी, जस्तासुकै जमिनमा पनि कंक्रिटका संरचना ठड्याउने होडबाजी देखिन्छ।
उपत्यकाका वरपर डाँडाकाँडामा पुगेर हेर्दा खचाखच घरभित्र केही हरियो भू–भाग देख्न सकिन्छ। उपत्यकाका काँठ क्षेत्रमा देखिने यो दृश्य गत असारमा रोपाइँ गरिएका धान खेत हुन्।
काठमाडौँको गागलफेदीभन्दा माथि डाँडाबाट धानखेतको दृश्य मनोरम देखिन्छ। मंगलबार गागलफेदीबाट ड्रोन क्यामेराबाट नियाल्दा किसानहरू धान गोडमेल गरिरहेको भेटिए।
देशभर ९ लाख ५९ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ।
यो वर्ष १३ लाख ९८ हजार हेक्टर क्षेत्रफल बर्खे धान रोपाइँ हुने सरकारी अनुमान रहे पनि ९ लाख ५९ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको सरकारी आँकडा छ। तर, उपत्यकामा भने खेतीयोग्य जमिन पनि मासेर सहरी संरचना छोप्ने क्रम तीव्ररूपमा चलिरहेको छ।
तस्बिरहरूः
Shares
प्रतिक्रिया