ad ad

मधेस


चोरिएको मोटरसाइकल प्रहरीले गरायो फिर्ता

चोरिएको मोटरसाइकल प्रहरीले गरायो फिर्ता

चोरिएको मोटरसाइकल सम्बन्धित धनीलाई फिर्ता गर्दै प्रहरी।


नेपालखबर
पुस २६, २०७९ मंगलबार ८:४, सर्लाही

रौतहट प्रहरीले चोरी भएको मोटरसाइकल सम्बन्धित धनीलाई बुझाएको छ। 

पाँच दिनअघि रौतहटकै चन्द्रपुर नगरपालिका - १० स्थित राजकिशोर नर्सरीबाट चोरी भएको बा ४३ प २९०० नम्बरको पल्सर मोटरसाइकल प्रहरीले सोमबार सम्बन्धित धनीलाई बुझाएको हो। 

भोजपुरको आँमचोक गाउँपालिका( २ घर भएका दीपेन्द्र कुमार राईलाई मोटरसाइकल बुझाइएको प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए। 

चोरी भएको पाँच दिनपछि रौतहटकै गौर नगरपालिका - ८ मा उक्त मोटरसाइकल फेला पारिएको प्रहरीले जनाएको छ। 

मोटरसाइकल फेला परे पनि चोर भने फेला नपरेको डीएसपी मल्लले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .