ad ad

मधेस


धनुषाको कमलामा दुई पक्षबीच झडप, २ जना घाइते

धनुषाको कमलामा दुई पक्षबीच झडप, २ जना घाइते

सांकेतिक तस्बिर


नेपालखबर
फागुन २५, २०७९ बिहिबार १६:५०, जनकपुरधाम

धनुषाको कमला नगरपालिकामा दुई पक्षबीच झडप हुँदा दुईजना गम्भीर घाइते भएका छन्।

कमला नगरपालिका वडा नम्बर–२ माची झिट्कैयामा दुई पक्षबीच झडप भएको हो। झडपमा एक पक्षले अर्को पक्षमाथि बाँसको फट्टा र बियरको बोतल प्रहार गर्दा दुईजना गम्भीर घाइते भएका हुन्।

घाइते हुनेहरुमा स्थानीय २४ वर्षीय निकेश यादव र सोही ठाउँ बस्ने ५० वर्षीय हिरा यादव रहेका छन्।

पुरानो रिसइबिको कारण होली पर्वको मौका छोपेर कमला नगरपालिका–२ का पूर्ववडाध्यक्ष धनेश्वर यादव, उनका २० वर्षीय छोरा बिमलेश यादव र स्थानीय ३४ वर्षीय रविन यादवले दुवैजनामाथि बाँसको चिरपट तथा बियरको बोतल प्रहार गरेका थिए।

घाइते दुवैजनाको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .