ad ad

मधेस


एसईई परीक्षा केन्द्रको सुरक्षामा खटिएका असइको मृत्यु

एसईई परीक्षा केन्द्रको सुरक्षामा खटिएका असइको मृत्यु

सांकेतिक तस्बिर


नेपालखबर
चैत १७, २०७९ शुक्रबार १६:२४, जनकपुरधाम

महोत्तरीमा परीक्षा केन्द्रको सुरक्षामा खटिएका एकजना सुरक्षाकर्मीको मृत्यु भएको छ।

महोत्तरीको बलवा नगरपालिका वडा नम्बर १० स्थित श्री राष्ट्रिय जनता मावि धमौराको परीक्षा केन्द्रको सुरक्षामा खटिएका असइ ललनकुमार राय पटेलको मृत्यु भएको हो।

परीक्षा केन्द्रको सुरक्षामा खटिएका पटेलको स्वास्थ्य अवस्था अचानक बिग्रिएपछि उनलाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पुर्याइएको थियो।

यद्यपि उपचारको क्रममा उनको बिहान ९ बजेर २५ मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक दिलिपकुमार गिरीले जानकारी दिए।

रौतहटको गौर नगरपालिका वडा नम्बर २ का असइ पटेल जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .