ad ad

मधेस


मधेसका गृहमन्त्री यादवले खारेज गरिदिए सुराकी खर्च

मधेसका गृहमन्त्री यादवले खारेज गरिदिए सुराकी खर्च

नेपालखबर
चैत ८, २०८० बिहिबार १५:४०, काठमाडौँ

मधेश प्रदेशका नवनियुक्त गृहमन्त्री सरोजकुमार यादवले सुराकी खर्च खारेज गरिदिएका छन्।

मधेश प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालयसमेत सम्हालेपछि भौतिक पूर्वाधारमन्त्री सरोजकुमार यादवले सुराकी खर्च खारेज गरिदिएका हुन्। 

सुराकीको नाममा मासिक ठूलो रकम खर्च भइरहेको तथ्य सार्वजनिक भएलगत्तै मन्त्री यादवले बधबार त्यसलाई खारेज गरिदिएका हुन्।

एमालेबाट भौतिक पूर्वाधार तथा विकास मन्त्रीको कार्यभार सम्हालेका यादवलाई गृह तथा सञ्चार मन्त्रालयको पनि जिम्मेवारी तोकिएको छ।

गृह मन्त्रालयको कार्यभार सम्हाल्न बुधबार मन्त्रालय पुगेका मन्त्री यादवले सुराकी खर्च खारेज गर्ने पहिलो निर्णय गरे।

सुराकी खर्च बुझ्नेमा मन्त्री र सचिव नै भएको समाचार आएपछि मन्त्री यादवले उक्त कदम चालेका हुन्। 

गृह मन्त्रालयका सूचना अधिकारी सन्दीपकुमार सिंहका अनुसार मन्त्री यादवले सुराकी खर्च आवश्यक नरहेको भन्दै खारेज गर्ने निर्णय गरेका हुन्। 

मधेश प्रदेश सरकारले ०७५ जेठ १० गते सुराकी खर्च बाँड्ने निर्णय गरेको थियो। मधेश प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालयले छुट्टयाएको सुराकी खर्च मन्त्री, राज्यमन्त्री र सचिवले आफूखुसी बुझ्दै आएका थिए।

मन्त्रालयका अनुसार अहिलेसम्म १ करोड ४२ लाख ८९ हजार ६ सय ६६ रुपैयाँ सुराकी खर्चवापत मन्त्री, राज्यमन्त्री र सचिवहरूले बुझिसकेका छन्।

यस बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन अघि बढाएको छ। अख्तियारको पत्रपछि मधेस प्रदेश सरकारले सबै विवरण पठाइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .