ad ad

मधेस


मधेसमा जनमतको नेतृत्वमा सरकार बनाइने, यस्तो छ भागबन्डा

मधेसमा जनमतको नेतृत्वमा सरकार बनाइने, यस्तो छ भागबन्डा

महेशकुमार यादव


नेपालखबर
जेठ २३, २०८१ बुधबार १९:१२, काठमाडौँ

मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा संघीय सत्ता गठबन्धनअनुकूलकै सरकार बन्ने भएको छ।

नेकपा एमाले, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही साना दलको समेत गरी ५६ जनाको समर्थनमा मुख्यमन्त्रीमा जनमतका संसदीय दलका नेता महेशकुमार यादवलाई अघि सार्ने तयारी छ।

सत्ता गठबन्धनका तर्फबाट महेशकुमार यादवले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गर्नेछन्। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नयाँ सरकार बनाउन आह्वान गरेपछि दाबी पेस गर्ने तयारी छ।

बुधबार प्रदेश सभामा विश्वासको मत नपाएपछि मुख्यमन्त्री सरोजकुमार यादव कामचलाउ बन्न पुगेका छन्।

जनमत पार्टीकी सांसद अनिताकुमारी शाहका अनुसार, गठबन्धनमा रहेका चार दलका साथै एक स्वतन्त्र र एक संघीय समाजवादी पार्टीका सांसदले पनि समर्थन गरेका छन्। 

‘प्रदेश प्रमुखले नयाँ सरकार बनाउन आह्वान गरिसकेपछि भोलि (बिहीबार) दाबी पेस गर्छाैँ,’ शाहले नेपालखबरसँग भनिन, ‘हामीसँग ५६ सांसदको हस्ताक्षर तयार छ।’

मन्त्रालयसमेत बाँडफाँट, २८ गते विश्वासको मत 
जनमतका नेताहरूका अनुसार, जनमतका महेशकुमार यादव मुख्यमन्त्री भएपछि माओवादी केन्द्रले आर्थिक मामिला मन्त्रालय लिने सहमति जुटिसकेको छ।

अन्य मन्त्रालय एमाले, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति र जनमतलाई न्यायोचित विभाजन गर्ने नेताहरू बताउँछन्।

‘सरकार विस्तारमा समस्या हुँदैन, एक खालको समझदारी जुटिसकेको छ,’ सांसद शाहले थपिन्,‘हामी जेठ २८ गते विश्वासको मत लिने योजनामा छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .