नेपाली काँग्रेसको १३ औं महाधिवेशनपछि पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको नेतृत्वमा पार्टीभित्र छुट्टै समूह विकास भएको छ।
अहिलेसम्म काँग्रेसभित्र तेस्रो धारका रुपमा परिचय बनाएको सिटौला समूह १४ औं महाधिवेशनसम्म समूहकै रुपमा कायम रहनेमा आशंका उत्पन्न हुन थालेको खबर आजको नागरिक दैनिकले छापेको छ।
१३ औं महाधिवेशनमा रामचन्द्र पौडेलको उम्मेदवारी अस्वीकार गर्दै सभापतिका प्रत्यासी बनेका सिटौलाको १४ औं महाधिवेशनमा कस्तो भूमिका हुन्छ भन्नेमा स्पस्ट भइसकेको छैन।
आफू निकट नेताहरु सभापति शेरबहादुर देउवा र इत्तर समूहमा विभाजित भएपछि सिटौलामा संकटमा परेका छन्।
21
Shares
प्रतिक्रिया