ad ad

छापा खबर


ठूलो संख्यामा अक्सिजन सिलिन्डर हराए

 ठूलो संख्यामा अक्सिजन सिलिन्डर हराए

नेपालखबर
जेठ ९, २०७८ आइतबार १:४९,

अक्सिजन सिलिन्डर हराउन थालेका छन् । अव्यवस्थित वितरण प्रणालीका कारण ठूलो संख्यामा सिलिन्डर हराइरहेको नेपाल अक्सिजन उत्पादक संघले जनाएको छ।

संघका अनुसार अक्सिजन सिलिन्डर प्रयोग गर्न अस्पतालदेखि सर्वसाधारणसम्मले सिलिन्डर बापत धरौटी रकम जम्मा गरेका छैनन्। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।

उद्योग परिसरबाट व्यक्तिगत रुपमा सर्वसाधारणका साथै सुरक्षाकर्मी, अस्पताल, विभिन्न संस्था र अन्य सरोकारवाला निकायले धरौटी र माग बेगर सिलिन्डर लगेका छन्।

उद्योगबाट एउटा अस्पतालका लागि निस्केको सिलिन्डरको गाडीबीच बाटो र उद्योग परिसरबाटै सेना तथा सुरक्षाकर्मीले जफत गरी विभिन्न स्थानमा पुर्याएका कारण अधिकांश उद्योगको सिलिन्डर हराइरहेको उद्योगीहरु बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .