ad ad

छापा खबर


कोरोनाले कसैको मृत्यु नभएको रात

कोरोनाले कसैको मृत्यु नभएको रात

नेपालखबर
जेठ १०, २०७८ सोमबार २:२९,

कोरोनाको दोस्रो लहर सुरु भएयता गत एक महिनाको अवधिमा पहिलोपटक शनिबार राति बाँकेका कुनै पनि सङ्क्रमितको मृत्यु नभएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले जनाएको छ।

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले शनिबार अपराह्न चार बजेदेखि आइतबार दिउँसोसम्म बाँकेको भेरी अस्पताल र मेडिकल कलेजमा पहिलोपटक जिल्लाका कुनै पनि सङ्क्रमितको मृत्यु नभएको बताए। यो खबर आजको गोरखापत्र दैनिकले छापेको छ।

तर, सो अवधीमा बाहिरी जिल्लाबाट उपचारका लागि आएका आठजना सङ्क्रमितको भने उपचारकै क्रममा रातभरिमा मृत्यु भएको उनले बताए।

फोकल पर्सन ओलीका अनुसार गत एक महिनायता रातभरि र अर्को दिन दिउँसोसम्म बाँकेका कुनै पनि सङ्क्रमितको मृत्यु नभएको यो पहिलोपटक हो।

यसअघि हरेक राति जिल्लाका पाँचदेखि १० जनासम्मको मृत्यु हुँदै आएको थियो। बाहिरी जिल्लाबाट आएर उपचार गराइरहेकामध्ये गएराति ६ जनाको भेरी अस्पताल र दुईजनाको मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .