आइतबार बिहान भएको यती एयरलाइन्सको दुर्घटनामा परेर बेपत्ता भएकाहरूको खोजी कार्य जारी छ। पोखरा विमानस्थल नजिकै सेती खोंचमा भएको दुर्घटनामा बेपत्ता भएकाको उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटिएको छ।
बिहानैबाट उद्धार सुरु गरिएको र अहिलेपनि सेती खोँचमा भेटिएका शवहरू निकाल्ने काम भइरहेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले जानकारी दिए।
बेपत्ता भएकाहरूलाई जतिसक्दो चाँडो खोज्ने र आफन्तलाई जिम्मा लगाउन आफूहरु लागिपरेको बताए।
बिहानैदेखि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली घटनास्थलमा खटिइरहेको छ।
तस्बिरहरूः
363
Shares
प्रतिक्रिया