ad ad

फोटोफिचर


दोस्रो दिन पनि हजारौँ शिक्षक काठमाडौंको सडकमा (तस्बिरहरू)


सरोज बैजु
असोज ४, २०८० बिहिबार १३:५८, काठमाडौँ

देशभरबाट आएका शिक्षकहरुले दोस्रो दिन पनि काठमाडौंमा आन्दोलन जारी राखेका छन्।

संसद्‍मा दर्ता भएको विद्यालय शिक्षा विधेयकको विरोधमा उत्रिएका शिक्षकहरुको आन्दोलनका कारण काठामडौंको ट्राफिक व्यवस्थापन ठप्प भएको छ।

शिक्षकहरुले राजधानीको माइतीघरमण्डलदेखि नयाँँबानेश्वरस्थित सडकसम्म ढाकेका छन्। 

उनीहरुले निजामती कर्मचारीसरह सुविधा चाहिनुपर्ने, पञ्चायतको भन्दा पश्चगामी भन्दै अहिलेको शिक्षा विधेयकमा व्यापक संशोधन हुनुपर्नेसहितका माग राखेका छन्।

शिक्षकहरुको आन्दोलनले सिंहदरबार, थापाथली, कोटेश्वर, पुरानो बानेश्वरसहितका क्षेत्रबाट आउने सवारीसाधनलाई डाइभर्ट गरिएको छ।

बिहीबार सिंहदरबारमा शिक्षकहरु र सरकारबीच वार्ता भएको थियो। तर दुई पक्षबीचको वार्ताले सहमतिको बिन्दु नभेट्टाएपछि शिक्षकहरुको आन्दोलन अझै चर्किने अवस्था देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .