फोटोफिचर


यस्तो देखियो एमाले कर्णालीको पहिलो अधिवेशन (तस्बिरहरू)


दिनेश बुढा
असोज १०, २०८० बुधबार १७:४, सुर्खेत

नेकपा एमालेले नयाँ नेतृत्वका लागि धमाधम प्रदेश कमिटी अधिवेशन गरिरहेको छ।

बागमती प्रदेशको नयाँ नेतृत्वका लागि बिहीबार मतदान गर्ने तयारी भइरहँदा उता कर्णालीमा बुधबारदेखि अधिवेशन सुरु भएको छ।

वीरेन्द्रनगरमा सुरु भएको अधिवेशनलाई अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका छन्।

अधिवेशनमा सहभागी हुन महासचिव शंकर पोखरेल र प्रदेश इन्चार्ज लेखराज भट्टसहितका नेताहरु यतिबेला वीरेन्द्रनगरमा छन्।

एमालेले पहिलो प्रदेश अधिवेशन लुम्बिनीबाट थालेको थियो। जहाँ चुनावी प्रक्रियाबाट नेतृत्वको टुंगो भएको थियो।

बागमतीमा पनि चुनावको तयारी भइरहेको छ। कर्णालीमा पनि केन्द्रीय नेतृत्वले सर्वसम्मतिका लागि हस्तक्षेप नगर्ने संकेत दिएसँगै चुनावको तयारी हुँदैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .