ad ad

फोटोफिचर


यस्तो देखियो वसन्तपुरमा इन्द्रजात्राको रौनक (फोटोफिचर)


सरोज बैजु
असोज ११, २०८० बिहिबार १८:४०, काठमाडौँ

नेवार समुदायले वर्षा र सहकालका देवता इन्द्रको पूजा आरधना गरी मनाइने इन्द्रजात्रा वसन्तपुरमा भव्यताका साथ मनाइएको छ। 

नेपालका ऐतिहासिक एवं सांस्कृतिक पर्वमध्ये सबैभन्दा पुरानो एवं रोमाञ्चक पर्वसमेत मानिने इन्द्रजात्रामा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल लगायतका भीभीआईपीहरू पुगेका थिए।

राष्ट्रपति पौडेलले जीवित देवी कुमारी, गणेश र भैरवको रथ जात्रा अवलोकन गरेका छन्। राष्ट्रपति पौडेलले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा दक्षिणा चढाई यात्रा गराउने अनुमति दिएका थिए। यसपछि श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा गरिएको थियो।

मुख्यतः काठमाडौँ उपत्यकासहित अन्य विविध स्थानमा मनाइने इन्द्रजात्रा पर्व परम्पराकालदेखि मनाउँदै आएको ऐतिहासिक सांस्कृतिक पर्व हो।

इन्द्रजात्रा अवलोकनका लागि वसन्तपुरमा भीभीआईपीहरू हिँडेरै पुगे।

काठमाडौं महानगरपालिकाले हनुमानढोका परिसरभित्र सवारी साधन निषेध गरेपछि उनीहरू हिँडेरै इन्द्रजात्रा हेर्न पुगेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .