ad ad

फोटोफिचर


ग्वार्को क्षेत्रमा प्रहरीको धरपकड, आन्दोलनकारी पक्राउ (तस्बिरहरू)


सरोज बैजु
पुस १३, २०८० शुक्रबार १४:१८, काठमाडौँ

ललितपुरको ग्वार्को क्षेत्रमा प्रहरीले धरपकड तीव्र बनाएको छ। भौतिक तथा पूर्वाधार मन्त्री प्रकाश ज्वाला सवार सरकारी गाडी जलाइएपछि प्रहरीले धरपकड बढाएको हो।

धरपकडका क्रममा प्रहरीले लाठी, अश्रुग्यास र केही राउन्ड गोलीसमेत चलाएको छ। 

त्यसक्रममा चारजना भन्दा बढी गम्भीर घाइते भएका छन्। धरपकडका क्रममा दर्जन बढी युवाहरू पक्राउ परेका छन्।

प्रहरीसँगको झडपका क्रममा एकजना युवकको पाटन अस्पतालमा ज्यान गएको छ। अवस्थालाई नियन्त्रणमा लिन ग्वार्को र बालकुमारी क्षेत्रमा ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .