कोभिड महामारीपछि थलिएको पोखराको पर्यटनले विस्तारै लय समात्न थालेको छ।
यो वर्ष देशमा पर्यटक अघिल्लो वर्षभन्दा दोब्बर बढिरहँदा धेरैजसो पोखरा पुगिरहेका छन्।
पोखरामा भारतीयदेखि चिनियाँसमेत पर्यटकको भिड लाग्ने गरेको छ। त्यसैगरि युरोपेली र अमेरिकन पर्यटक पनि पोखराको सुन्दरतामा रमाउन पुगिरहेका छन्।
पोखराका फेवासहितका तालमा डुंगा सयर गर्ने पर्यटकको संख्या पनि अत्यधिक छ। पुसको चिसो मौसममा पनि पर्यटकहरू फेवासँग रमाइरहेका छन्।
हेर्नुस् तस्बिरहरू
27
Shares
प्रतिक्रिया