ad ad

फोटोफिचर


आइपुग्यो वाफको उपविजेता टोली, प्रीति र रश्मि ह्वीलचेयरमा (तस्बिरहरू)


सरोज नेपाल
फागुन १८, २०८० शुक्रबार २२:४६, काठमाडौँ

साउदी अरबमा बिहीबार राति सम्पन्न वाफ वुमन्स च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपविजेता नेपाली टोली शुक्रबार स्वदेश फर्किएको छ।

फाइनल भिडन्तमा उत्कृष्ट प्रदर्शन गरे पनि टाइ ब्रेकरमा जोर्डनसँग ५-३ ले पराजित भएर नेपाली टोली पहिलो अन्तर्राष्ट्रिय उपाधिबाट चुकेको थियो।

नेपाली महिला टोली शुक्रबार राति विमानस्थलमा अवतरण गर्दा अखिल नेपाल फुटबल संघका अपध्यक्ष पंकजविक्रम नेम्वाङ र संघीय सांसद् तोसिमा कार्कीसहितले स्वागत गरे।

विमानस्थलमा अतवरण गरेपछि नेपाली टोलीलाई खेलअधिकारी र उनीहरूका आफन्तले पुष्पगुच्छा र खादा-मालाले स्वागत गरे।

नेपाल फर्किएका महिला टोलीका सदस्यहरू रश्मि तामाङ र प्रीति राईलाई ह्वीलचेयरमा स्वागत गरियो।

रश्मि र प्रीति दुवै जोर्डनविरुद्धको फाइनल भिडन्तमा घाइते भएका थिए। त्यहीकारण उपचारका क्रममा रहेका उनीहरू दुवैजना ह्वीलचेयरमै एयरपोर्टबाट बाहिरिए।

थोरै खुसी, थोरै पीडामिश्रित अनुहारमा आइपुगेका उनीहरूलाई न्यानो स्वागत गरिएको हो।

नेपाली महिला टोलीले वाफसहित ११ औँ प्रतियोगिताको फाइनल खेलेर पनि उपाधिबाट बिमुख हुनु परेको छ। 

यस पटक उपाधिनजिक पुगेर पनि महिला टोली चुकेको छ। वाफमा आमन्त्रितका रुपमा पुगेको नेपाली टोली पहिलो सहभागितमै फाइनल पुगेको थियो। तर नेपाललाई जोर्डनले छैटौँ पटक उपाधि जित्दै निराश बनायो।

वाफ च्याम्पियन्सिपको फाइनल खेल्न नपाएकी सावित्री भण्डारी साम्बा भने उतैबाट क्लब फुटबलका लागि फ्रान्स पुगिसकेकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .