ad ad

फोटोफिचर


बालेन्द्रविरुद्ध सडकमा उत्रिए व्यवसायी (तस्बिरहरू)


सरोज बैजु
फागुन २०, २०८० आइतबार १५:२५, काठमाडौँ

पछिल्लो समय काठमाडौं महानगरपालिकाका कदम एकपछि अर्को विवादमा परिरहेका बेला आइतबार व्यवसायीहरूले प्रदर्शन गरेका छन्।

कवाड व्यवसायीहरूको नेतृत्वमा आइतबार दिउँसो काठमाडौंमा सयौँको संख्यामा उत्रिएर काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध प्रदर्शन गरिएको हो।

पछिल्लो समय काठमाडौँमा सञ्चालित कवाडी व्यवसाय हटाउने नाममा महानगरले डोजर चलाउँदै आएको छ।

केही दिनअघि काठमाडौं मलअगाडि र सुन्धारा क्षेत्रमा फुटपाथ व्यवसायीहरूमाथि नगर प्रहरीले आक्रमण गरेर केहीलाई गम्भीर घाइते बनाएका थिए।

सरकारी निकायमा दर्ता भएर करसमेत तिरिरहेका व्यवसायमाथि धावा बोलिएको भन्दै मेयर बालेन्द्रविरुद्ध नाराबाजी भएको हो।

आइतबारको झरीबीच काठमाडौँका विभिन्न स्थान परिक्रमा गर्दै प्रदर्शन गरेका हुन्।

त्यसक्रममा प्रदर्शनकारीहरू काठमाडौँ महानगरको कार्यालय रहेकोमध्ये एक राष्ट्रिय सभागृह अगाडिको सडकमा जम्मा भएर नाराबाजी गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .