ad ad

फोटोफिचर


एक्स्ट्राटेक ओभलमा झुम्मिए क्रिकेट फ्यान (तस्बिरहरू)


सरोज नेपाल
फागुन २८, २०८० सोमबार १४:४७, भैरहवा

रुपन्देहीको तिलोत्तमामा व्यक्तिगत लगानीमा निर्मित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा सोमबारदेखि 'एक्स्ट्राटेक लिजेन्ड कप' सुरु भएको छ।

गैर-आवासीय नेपाली विनोद कुँवर र सुदीक्षा गौतम दम्पतीले अष्ट्रेलियामा गरेको कमाइबाट तिलोत्तमा नगरपालिकामा एक्स्ट्राटेक ओभल क्रिकेट मैदान निर्माण गरेका हुन्।

सोमबार पहिलो चरणको संरचना उद्घाटन गरी खेल सञ्चालन गरिएको हो। खेलका क्रममा स्थानीय दर्शकको पनि उत्साहजनक सहभागिता देखिएको छ।

प्यारापिटसहितका सुविधा नभए पनि दर्शकहरूलाई कुर्सीसहित बस्ने व्यवस्था गरिएको थियो।

एक्स्ट्राटेक ओभल मैदानको उद्घाटन सोमबार लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले गरेका छन्। 

टी-१० संरचनामा भइरहेको एकदिने प्रतियोगितामा लिजेन्ड्स ९६, रेस्ट अफ नेपाल, विश्वकप २०१४ र रुपन्देही लिजेन्ड्स गरी चारवटा खेल्दैछन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .