ad ad

फोटोफिचर


मनोनीत हुँदै राष्ट्रिय सभा पुगेका नारायण दाहाल अब अध्यक्ष (तस्बिरहरू)


नेपालखबर
फागुन २९, २०८० मंगलबार १३:५३, काठमाडौँ

नेकपा माओवादी केन्द्रका उम्मेदवार नारायणप्रसाद दाहाल राष्ट्रियसभाको अध्यक्षमा विजयी भएका छन्।

नेकपा एमाले र माओवादी केन्द्रसहित पाँच दलको साथ पाएका दाहाल ३९ मतसहित राष्ट्रिय सभाको अध्यक्ष बनेका हुन्। 

राष्ट्रिय सभाको अध्यक्षका लागि भएको मतदानमा ५६ जना उपस्थित थिए। यस्तोमा उनको पक्षमा ३९ र विपक्षमा १७ मत खस्यो।

अध्यक्षमा विजयी भएका दाहालले अबको चार वर्ष राष्ट्रिय सभाको नेतृत्व गर्नेछन्। 

राष्ट्रियसभाको अन्तरिम कार्यविधि २०७४ को दफा ६ को उपदफा ३ बमोजिम उनलाई राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित गरिएको हो। 

माओवादीका केन्द्रीय सदस्य दाहाल २०७८ चैत २५ गते राष्ट्रिय सभामा रिक्त विज्ञ कोटाबाट राष्ट्रिय सभामा मनोनित भएका थिए।

अधिवक्ता रामनारायण बिडारीको चार वर्षे कार्यकाल सकिएपछि फागुन २० गतेदेखि रिक्त भएको पदमा राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई ६ वर्षका लागि नियुक्त गरेकी थिइन्। 

एमालेबाट राष्ट्रिय सभा अध्यक्ष बनेका गणेशप्रसाद तिमल्सिनाको कार्यकाल यही फागुन २० गते सकिएसँगै दाहालले उनको स्थान लिएका हुन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .