ad ad

फोटोफिचर


वसन्तपुरमा ठड्याइयो होलीको चीर (तस्बिरहरू)


सरोज बैजु
चैत ४, २०८० आइतबार १३:२, काठमाडौँ

रंगहरूको पर्व होली सुरु भएको छ। 

यो पर्व सुरु भएको जनाउ दिन काठमाठौंको वसन्तपुरमा आइतबार बिहान होलीको चीर ठड्याइएको छ।

वसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ बिहान ७ बजेर ४५ मिनेटको शुभ साइतमा बाजागाजासहित रङ्गीचङ्गी ध्वजापताकाले सिँगारिएको तीन छत्रे होलीको चीर ठड्याइएको हो।

होलीको चीर ठड्याइएसँगै आइतबारदेखि देशभर विधिवत् होली अर्थात् फागु पर्व सुरु भएको छ।

होलिकाको दहन र कृष्ण लीलासँग सम्बन्धित यो पर्व आइतबारबाट विधिवत् सुरु भएको वसन्तपुरस्‍थित तलेजु मन्दिरका पुजारी उद्धव कर्माचार्यले जानकारी दिए।

आपसमा मैत्री एवम् सद्भावपूर्वक खेलिने यो पर्वमा ख्याली, टप्पा र वसन्त राग गाउँदै नाच्दै अबिर लगाएर शुभकामना आदानप्रदान गरिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .