ad ad

फोटोफिचर


यू–२० भलिबल च्याम्पियनसिप तयारी : सिनियर टोलीसँग युवा टोलीको भिडन्त (तस्बिरहरू)


विशाल कार्की
असार २७, २०८१ बिहिबार १८:३८, काठमाडौँ

काभा यू–२० भलिबल च्याम्पियनसिपको तयारीमा रहेको टोलीले सिनियर महिला टोलीसँग अभ्यास खेल खेलेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बिहीबार भएको अभ्यास खेलमा सिनियर टोलीले ५–० को जित दर्ता गर्‍यो।

सिनियर टोलीले युवा टोलीलाई २५–१४, २५–२२, २५–१७ ,२५–२२, २५–१० को जित निकाल्यो। 

सिनियर महिला टोली घरेलु कोर्टमा हुने रसियन टोलीसँगको दुई मैत्रीपूर्ण खेलको तयारीमा छ। सिनियर टोलीले साउन ६ र ७ गते रसियन टोलीसँग मैत्रीपूर्ण खेल खेल्नेछ। 

सिनियर टोलीका लागि भने १७ सदस्यीय टोली प्रशिक्षणमा छ। काभाका लागि १२ सदस्यीय अन्तिम टोली निमार्ण भइसकेको छ। 

काभा च्याम्पियनसिप साउन ३ देखि ८ गतेसम्म हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .