ad ad

फोटोफिचर


पशुपतिमा तीज : विदेशी पनि नाचे छमछमी (तस्बिरहरू)


सरोज बैजु
भदौ २१, २०८१ शुक्रबार १२:१२, काठमाडौँ

आज हरितालिका (तीज) पर्व । हिन्दु नारीहरूले मनाउने महत्त्वपूर्ण चाड हो तीज। भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइने यस पर्वमा भगवान् शिवको आराधनाका साथै नाचगान गरी मनोरञ्जन गर्ने गरिन्छ। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ।

तीज पर्वको अवसरमा देशभरका शिवालयहरूमा महिलाको घुइँचो लाग्ने गदर्छ। सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेवलाई पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ।

हिन्दु महिलाहरूद्वारा स्वतन्त्रता र आनन्दमयका रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाले पनि पछिल्लो समय हर्षोल्लासका साथ मनाउन थालेका छन्।

अझ मौकाबस आइपुगेका विदेशी महिला पनि नाचगानमा संलग्न हुन थालेको  देखिन्छ। आज काठमाडौँको पशुपतिनाथ मन्दिर परिसरमा त्यस्तै दृश्य देखियो।

क्यामेरामा कैदमध्ये केही तस्बिर:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .