ad ad

फोटोफिचर


एन्फा कम्प्लेक्समा महिला लिगको उद्घाटन खेल, हेर्नुस् तस्बिरमा


सरोज नेपाल
भदौ १६, २०८१ आइतबार २१:६, काठमाडौँ

आइतबारबाट एन्फा महिला लिग सुरु भएको छ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आइतबारबाट लिगको सुरुवात भएको छ। 

आइतबार भएको उद्घाटन खेलमा कोसीले वालिङलाई ४–० को फराकिलो अन्तरले पाखा लगाएको छ। 

१० टोलीको सहभागीता रहने यो लिग दुई चरणमा हुनेछ।  पहिलो चरणमा सहभागी सबै टोलीले एकअर्कासँग खेल्ने एन्फाले बताएको छ। 

कोसीको जितमा समिक्षा मगरले दुई तथा सञ्जुमाया तामाङ र प्रतिक्षा राईले समान एक गोल गरे। 

पहिलो हाफमा १ गोल गरेको कोशीले दोस्रो हाफमा थप ३ गोल गर्यो। 

पहिलो हाफको १०औँ मिनेटमा सञ्जु माया तामाङको गोलमा कोशीले सुरुवाती अग्रता बनाएको थियो। 

समिक्षाले खेलको ५१ र ५९ मिनेटमा गोल गरेकी थिईन्। प्रतिक्षाले ६८ मिनेटमा गोल गर्दै कोसीको अग्रता फराकिलो पारिन्। 

महिला लिगमा भोलि सोमबार सुदुरपश्चिम प्रदेश र बागमती युथ क्लब खेल्नेछन्।

तस्बिरहरूः 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .