ad ad

फोटोफिचर


दुर्गा प्रसाईंको नेतृत्वमा ट्याक्सी चालकले निकाले र्‍याली (तस्बिरहरू)


सरोज बैजु
भदौ २८, २०८१ शुक्रबार १५:५८, काठमाडौँ

ट्याक्सी चालकहरूले शुक्रबार र्‍याली निकालेका छन्। भक्तपुरबाट काठमाडौँसम्म चालकहरू र्‍यालीसहित आएका थिए। 

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले उनीहरूलाई र्‍यालीमा उतारेका हुन्। 

उनीहरूले राइड सेयरिङ बन्द गर्नुपर्ने, रातो नम्बर प्लेटका सवारीसाधनले यात्रु बोक्न नपाउने लगायतका माग गरेका थिए। 

उक्त र्‍याली जडिबुटी चोक आइपुग्दा ट्राफिक व्यवस्थापनमा सकस परेको थियो। चालकहरूले जडिबुटी क्षेत्रको बिच सडकमै ट्याक्सी राखेर केहीबेर अवरोध गरेका थिए। 

प्रहरीले केहीबेरमा बाटो खुलाएका थिए। प्रसाईं पनि र्‍यालीमा सहभागी थिए। 

तस्बिरहरू:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .