ad ad

फोटोफिचर


चक्रपथ विस्तार सुस्त, सर्वसाधारणलाई सास्ती (तस्बिरहरू)


नेपालखबर
भदौ २९, २०८१ शनिबार १६:१७, काठमाडौँ

चक्रपथअन्तर्गत कलंकी-बसुन्धरासम्मको सडक विस्तारको काम सुरु हुन नसक्दा सर्वसाधारणले सास्ती खेप्नुपरेको छ। पूर्व तयारीका लागि सडकमा पर्ने रुख कटानदेखि अन्य केही काम सुरुभएपनि सडक विस्तार भने सुरु हुन सकेको थिएन।

यही भदौ ६ गते नेपाल र चीन सरकारका प्रतिनिधिहरूबीच सडक विस्तारमा सहयोग गर्ने सम्बन्धी पत्रमा हस्तक्षर भएपछि दोस्रो खण्डको निर्माण प्रक्रिया सुरु भएको हो। 

८.२ किलोमिटरको दोस्रो खण्ड विस्तारको काम २०७५ सालमै सुरु हुनुपर्ने थियो। तर नेपाल सरकार स्वयं र चीन सरकारले ढिलाइ गर्दा कामले गति लिन सकेको थिएन।

२०६९ सालमा कोटेश्वर कलंकी पहिलो खण्डको काम सुरु भइ २०७५ सालमै सकिएको थियो। पहिलो विस्तारको काम सकिएलगत्तै दोस्रो खण्डको सडक विस्तार सुरु हुनुपर्ने थियो।

तर, विभिन्न कारण देखाउँदै काम सुरु भएन। 

जबकि चीनसँग सन् २०१८ मा यो सडक खण्ड विस्तारका लागि जिटुजी सम्झौता भएको थियो।

सडक विस्तारको रुपमा अघि बढाइएको कामले गति लिन नसक्दा धुवाँ, धुलो, हिलो र खाल्डाखुल्डीहरु अहिले पनि प्रशस्त देखिन्छन्।

बालुवा, गिटी, थुपारिएको अव्यवस्थित स्वरुप पनि देखिन्छ।

तस्बिरहरूः 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .