ललितपुर महानगरका जनप्रतिनिधि र कर्मचारी शुक्रवार अपराह्न मैत्रीपूर्ण फुटबल भएको छ।
ललितपुर महानगरले स्थापनाको १०४ वर्ष प्रवेशका अवसरमा ‘मेयर भर्सेस सिएओ’ फुटबल प्रतियोगिता गरेको हो।
महानगरले जनप्रतिनिधि र कर्मचारीबीच हार्दिकता बढाउन प्रतियोगिता गरेको हो।
यो फुटबलमा महानगर प्रमुख चिरीबाबु महर्जन जनप्रतिनिधिको तर्फबाट नेतृत्व गर्दै मैदानमा उत्रिए।
अर्कातिर प्रमुख प्रशासकीय अधिकृत गणेश अर्याल कर्मचारीको तर्फबाट मैदानमा देखिए।
ललितपुर महानगर वि.सं १९७५ मा सरसफाई लगायत काम गर्न छेमडोल अड्डाको रुपमा स्थापना भएको थियो।
उक्त अड्डा वि.सं २००९ मा ललितपुर नगरपालिका, वि.सं २०१८ मा ललितपुर नगरपञ्चायत, वि.सं २०४७ सालमा ललितपुर नगरपालिका र वि.सं २०५२ सालमा ललितपुर उप महानगरपालिका भएको थियो।
२०७३ चैत १० गतेदेखि यो कार्यालय महानगरको रुपमा बढुवा भएको हो।
Shares
प्रतिक्रिया