ad ad

फोटोफिचर


भारत र पाकिस्तानबीच उपाधि भिडन्त, रंगशालामा उत्साहित दर्शक (तस्बिरहरू)


सरोज नेपाल
असोज १३, २०८० शनिबार १८:९, काठमाडौँ

साफ यू–१९ च्याम्पियनसिपको उपाधिका लागि भारत र पाकिस्तानबीचको खेल जारीछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा केहीबेरअघि खेल सुरु भएको हो।

दुवै टोलीले सेमिफाइनलमा ट्राईबेकरमा जित निकाल्दै फाइनल पुगेका थिए। भारतले नेपाललाई हराउँदै फाइनमा स्थान पक्का बनाएको थियो भने पाकिस्तानले भुटानलाई हराएको थियो। 

पाकिस्तानको यो उमेर समूहमा पहिलो सहभागिता हो भने भारतले यसअघिका दुई उपाधि हात पारिसकेको छ।

फाइनल खेल हेर्नका लागि दर्शकहरू उल्लेख्य उपस्थिति भएका छन्। दुवै देशका समर्थकसहित नेपाली फुटबल फ्यानहरू उत्साहित हुँदै खेल हेरिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .