राजनीति


गठबन्धन बैठकअघि एमाले अध्यक्ष ‌ओलीसँग कांग्रेस नेताको वार्ता

गठबन्धन बैठकअघि एमाले अध्यक्ष ‌ओलीसँग कांग्रेस नेताको वार्ता

फाइल तस्बिर


केशव सावद
फागुन ५, २०७८ बिहिबार १६:४५, काठमाडौँ

अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पारित गर्न सहमति नजुटेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग संवाद अघि बढाएका छन्। 

सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्नुअघि देउवाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संवादका लागि प्रतिनिधिहरु सक्रिय बनाएका छन्।

देउवाले बिहीबार बिहान कांग्रेस नेता डा. मिनेन्द्र रिजाललाई प्रतिनिधिका रुपमा अध्यक्ष ओलीसँग वार्ताका लागि उनको भक्तपुरस्थित निवास बालकोटमा पठाएका हुन्। 

देउवानिकट एक नेताले बिहान एमाले अध्यक्ष ओलीसँग बालकोटमा वार्ता भएको नेपालखबरसँग पुष्टि गरेका छन्। 

यद्यपि, ती नेताले ओलीसँग भएको छलफलबारे केही खुलाउन चाहेनन्। ‘पाँच दलीय गठबन्धनको बैठक बस्दैछ,’ ती नेताले नेपालखबरसँग भने, ‘त्यसअघि भेटघाटबारे म अहिले केही नभनौँ।’

स्रोतका अनुसार बिहीबार नै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमाले अध्यक्ष ओलीसँग टेलिफोन कुराकानी भएको जानकारी दिएको छ। 

उनले बुधबार बेलुकी एमाले महासचिव शंकर पोखरेलसँग पनि छलफल गरेको स्रोतले दाबी गरेको छ। यद्यपि, यसको आधिकारिक पुष्टि दुवै पक्षले गरेका छैनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .