राजनीति


प्रधानसेनापति शर्माको विश्लेषण : युरोपको पछिल्लो अवस्थाले सुरक्षा चुनौती थपियो

प्रधानसेनापति शर्माको विश्लेषण : युरोपको पछिल्लो अवस्थाले सुरक्षा चुनौती थपियो

तस्बिर : रत्न श्रेष्ठ रासस


उजिर कार्की
जेठ २३, २०७९ सोमबार २०:२५, काठमाडौँ

प्रधान सेनापति प्रभुराम शर्माले युरोपको पछिल्लो अवस्थाले नेपालमा पनि सुरक्षा चुनौती थपिएको बताएका छन्।

भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा सि सं ४९ पदिक तथा हुद्धा अधिकृत क्याडेट तालिमको समापन गर्दै हाम्रासामु जटिल सुरक्षा चुनौती रहेको बताएका हुन्। 

‘युरोपको विधमान अहिलेको अवस्थाले गर्दा सुरक्षा चुनौतीहरु थपिएका छन्। यसबाट विश्व अर्थ तन्त्रमा पुगेको असरबाट नेपाल समेत अछुतो नरहेको र त्यसबाट सुरक्षा समस्याका सम्भावनाहरु प्रशस्त बृद्धि भएका छन्’, प्रधानसेनापति शर्माले भने। 

राष्ट्र र नागरिकको सुरक्षामा सम्भावित चुनौतीको पूर्वानुमान गर्न सक्ने तथा आउन सक्ने चुनौतीको सही आकलन गरी जटिल सुरक्षा खतराबाट नेपाललाई सुरक्षित राख्न सक्ने नेतृत्व आज आवश्यक रहेको समेत शर्माले बताए। 

‘हाम्रा सामु राष्ट्र राष्ट्रबीचको द्वन्द्व, अन्तर्राष्ट्रिय आतंकवाद, जातिय तथा धार्मिक अतिवाद, आन्तरिक द्वन्द्व तथा विभिन्न किसिमका महामारी जस्ता जटिल सुरक्षा चुनौतीहरु रहेका छन्’, शर्माले भने, ‘अन्तर्राष्ट्रिय, क्षेत्रीय र आन्तरिक सुरक्षा परिवेशमा नेपाली सेनाले समय सापेक्ष अर्थपुर्ण परिणाम हासिल गर्नु पर्नेछ।’

देशको आवश्यकता अनुसार जिम्मेवारी बहन गर्न सक्ने, सक्षम, सवल योग्य नेतृत्व उत्पादनमा नेपाली सैनीक प्रतिष्ठानले योगदान दिनसक्ने शर्माले बताए।

९ महिने तालिमपछि ६२ जना बने सहायक सेनानी
नेपाली सैनिक प्रतिष्ठान, खरिपाटी भक्तपुरमा ९ महिनादेखि जारी तालिम सोमबार समापन भएको छ। सहायक सेनानी तहको तालिममा एक विदेशीसहित ६२ जना सहभागी थिए। यसअघि जुनियर पदमा कार्यरत अधिकृतहरु तालिम समापनसँगै सहायक सेनानी भएका हुन्। 

२०७८ भदौ १० गतेदेखि तालिम सुरु भएको थियो। सहायक सेनानीको दर्ज्यानी प्रधानसेनापति तथा उनीहरुका आफन्तले प्रदान गरे। 

समापन कार्यक्रममा प्रधानसेनापति शर्माले अधिकृत भएसँगै अब जिम्मेवारी पनि थपिएको बताए। 

सेवा प्रवेश गरेदेखि नै राष्ट्रिय एकता, सार्वभौम सत्ता, स्वाधिनता, भौगोलिक अखण्डता र राष्ट्रिय हितको संरक्षण गर्ने कार्यमा पु¥याएको योगदानको प्रशंसा गर्दै नेपाली नागरिकहरु प्रतिको जिम्मेवारी सम्पादनमा महत्वपुर्ण भूमिका निभाएको बताए। 

‘नेपाली सेनाले संविधानले दिएका जिम्मेवारीसँगै विपद व्यवस्थापन, राष्ट्र निर्माणकाकार्यहरु, नागरिक सैनीक सम्बन्ध विस्तार अप्रत्यासित रुपमा आइपर्ने राष्ट्रिय संकटहरुमा नेपाली जनतासँग काँधमा काँध मिलाई नेपाल र नेपाली जनताप्रति सधा बफदार रहि कार्य गर्दै आएको छ’, प्रधानसेनापति शर्माले भने, ‘हाम्रा अग्रज लगायत तपाईहरुले विगतमा श्वदेश तथा विदेशमा गर्नु भएको योगदानकै आधारमा नेपाली सेनाले वर्तमानमा पनि व्यवसायीह र मर्यादित संगठनको रुपमा विश्वका सामु आफ्नो बिम्ब स्थापना गर्न सफल भएको छ।’

यसैको परिणाम नेपाली सेनाले श्वदेशमा विश्वासको धरोहरको रुपमा स्थान बनाएको र विदेशमा पनि छुट्टै पहिचान बनाएको बताए। 

‘नेपाली शान्ति सैनिकहरुले विश्वका विभिन्न द्वन्द्वग्रस्त देशहरुमा शान्ति स्थापना कार्यमा पुर्याएको अतुलनीय योगदानको कारण नेपाललाई विश्वका अन्य देशहरुले शान्ति सैनीकहरुको देशका रुपमा चिनेका छन्। र यो तपाईहरुले गर्दा नै चिनिएको हो’, शर्माले भने, ‘नेपाली सेना राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा आइपर्ने जुनसुकै जिम्मेवारी पुरा गर्न सक्षम, बहुआयामिक, आधुनिक सैनिक संगठनका रुपमा स्थापित भएको छ।’

नवआयुक्त अधिकृतहरुलाई यसअघि नेपाली सेनाको साना टुकडीको नेतृत्व गरे पनि अब जिम्मेवारीको दायरा फराकिलो बन्दै जाने र अब गरिने कार्यले संगठनमा ठूलो अर्थसमेत राख्ने बताए। 

‘यसका लागि तपाईहरु सबैले मन र मस्तिष्कबाट समर्पणभाव देखाई सबै क्षेत्रमा उदाहरणीय बन्नु पर्ने छ। आगामी दिनमा नेपाली सेनाको जिम्मेवारी वहन गर्ने सिलशिलामा संस्थागत हितालाई केन्द्रमा राखेर प्रशंसनीय ढंगबाट पूरा गर्दै नेपाली सेनाको व्यवसायीक छविलाई थप उज्ज्वल बनाउन योगदान गर्नुहुनेछ भन्नेमा विश्वस्त छु’, प्रधानसेनापति शर्माले भने। 

समापनमा अन्य सुरक्षा निकायका प्रमुख, रक्षा मन्त्रालय र सेनाका उच्च अधिकारीहरु सहभागी थिए। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .