ad ad

राजनीति


गठबन्धनले 'गिभ एन्ड टेक' गरेर सिट बाँडफाँटमा हस्ताक्षर गर्ने

गठबन्धनले 'गिभ एन्ड टेक' गरेर सिट बाँडफाँटमा हस्ताक्षर गर्ने

फाइल तस्बिर


नेपालखबर
असोज २१, २०७९ शुक्रबार १:१२, काठमाडौँ

सत्तारूढ गठबन्धनले शुक्रबार बिहान ७ बजे 'गिभ एन्ड टेक' को नीति अपनाएर सिट बाँडफाँटमा हस्ताक्षर गर्ने सहमति गरेका छन्।

बिहीबार बिहान ८ बजेदेखि बसेको शीर्ष र कार्यदल सहितको बैठकमा प्रतिनिधि सभा र प्रदेश सभाको सहमति जुट्न बाँकी रहेका सिट 'गिभ एन्ड टेक' गरेर मिलाउने समझदारी जुटेको एक नेताले जानकारी दिए।

'हामीले ३० प्रतिशत जति सहमति भोलि बिहान गर्छौंँ,' कार्यदल सदस्यसमेत रहेका ती नेताले नेपालखबरसँग भने, 'गिभ एन्ड टेक अनुसार सहमति गरेर भोलि नै हस्ताक्षर हुन्छ।'

बिहीबार बिहान ८ बजेदेखि गठबन्धन बैठक बसेको थियो। तर ठोस सहमति नभएपछि शुक्रबारका लागि सारिएको हो। पाँच दलमा प्रदेशसभा तर्फको सिट बाँडफाँटमा लामो  सहमति जुटेको थिएन।

काङ्ग्रेस-जसपा, काङ्ग्रेस-एकीकृत समाजवादीबीच केही सिट  बाँडफाँटमा सहमति जुटेको थिएन। 

यस्तै प्रदेश सभाको कुरा नमिलेकोले  प्रतिनिधि सभाको पनि मिलेको सिटको सहमति घोषणा हुन सकेको छैन। 

प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको १६५ र प्रदेश सभाको ३३० को उम्मेदवार मनोनयन २३ असोजमा तय भएको छ। त्यसअघि नै पाँच दल मिलाउने कोसिसमा लागेका थिए। तर बिहीबार ठोस सहमति भएन।

यसैबीच सत्ता गठबन्धन घटक जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग वार्ताका लागि बालकोट पुगेका छन्।

उनी एमालेसँग बढीमा २५ सिटमा चुनावी तालमेल गर्ने यसअघिको अनौपचारिक समझदारीलाई औपचारिकता दिन बालकोट पुगेका थिए। जसपा र एमालेबीच नेता रघुवीर महासेठको घरमा वार्ता भएको छ।

सत्ता गठबन्धनले जसपालाई १६ सिट मात्रै दिने भएपछि यादव असन्तुष्ट थिए। त्यहीकारण जसपा कार्यकारिणी समितिले सत्ता घटकबाहेकका दलसँग पनि चुनावी तालमेलको ढोका खुला गर्ने निर्णय लिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .