नेकपा माओवादी केन्द्रका नेता रामकुमार शर्माले टिकट पाएको केही घण्टा नबित्दै टिकट खोसिएको छ।
महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ (ख) बाट पार्टीले प्रदेशसभाका लागि टिकट दिएको थियो। तर सत्ता गठबन्धनमा भागबन्डा गर्दा उक्त क्षेत्र लोसपाको भागमा परेपछि शर्माको टिकट खोसिएको हो।
महोत्तरी ३ (ख) बाट लोसपा नेतृ रानी शर्मा तिवारी चुनाव लड्ने भएकी छन्। २०७४ सालको निर्वाचनमा पनि यस क्षेत्रबाट रानी शर्मा नै विजयी भएकी थिइन्।
यता टिकट खोसिएका माओवादी नेता रामकुमार शर्माले आफू कुनै पनि हालतमा चुनाव लड्ने अडान लिएका छन्।
उनले भने, ‘पार्टीले आफूलाई टिकट दिएको छ, कोही आए पनि पछाडि हटदिनँ।’
861
Shares
प्रतिक्रिया