ad ad

राजनीति


धादिङबाट कस–कसले पाए टिकट?

धादिङबाट कस–कसले पाए टिकट?

नेपालखबर
असोज २३, २०७९ आइतबार १३:१९, काठमाडौँ

प्रतिनिधिसभा निर्वाचनमा दुई क्षेत्र रहेको धादिङमा उम्मेदवारहरुको टुङ्गो लागेको छ। प्रत्यक्ष निर्वाचनको लागि नेपाली कांग्रेसको नेतृत्वमा रहेको गठबन्धन र एमालेले उम्मेदवार टुङ्गो लगाएका हुन्। 

प्रत्यक्ष निर्वाचनको लागि क्षेत्र नं १ बाट नेकपा, एकीकृत समाजवादी पार्टीका राजेन्द्र पाण्डेले टिकट पाएका छन् भने नेकपा एमालेबाट भूमि त्रिपाठीले टिकट पाएका हुन्। 

त्यस्तै क्षेत्र नं २ बाट नेपाली कांग्रेसका रामनाथ अधिकारीले टिकट पाएका छन् भने एमालेबाट खेम लोहनीले टिकट पाएका छन्। प्रतिनिधि सभा निर्वाचनमा स्वतन्त्र पार्टीबाट क्षेत्र नं १ मा कमेडियन हिमेश पन्त र क्षेत्र नं २ मा बसुमाया तामाङ (स्वतन्त्र, घण्टी चिह्नबाट) उम्मेदवार बनेका हुन्। 

प्रदेश सभामा को-को उम्मेदवार?
प्रदेशसभा निर्वाचनको लागि क्षेत्र नं १ को क बाट एमालेका रमेश कुमार आचार्यले टिकट पाएका छन् भने कांग्रेस नेतृत्वको गठबन्धनबाट कांग्रेसका मधुकुमार श्रेष्ठले टिकट पाएका हुन्।

क्षेत्र नं १ को ‘ख’बाट कांग्रेश नेतृत्वको गठबन्धनअन्तर्गत नेकपा माओवादी केन्द्रका शालिकराम जम्कटेलले टिकट पाएका छन् भने एमालेका गजेन्द्र थपलिया उनका प्रतिस्पर्धी देखिएका हुन्। 

क्षेत्र नं २  प्रदेशसभाअन्तर्गत कांग्रेस नेतृत्वको गठबन्ध प्रदेश ‘क’ बाट कांग्रेसका गोविन्द लम्सालले टिकट पाएका छन्।  ‘ख’बाट माओवादी केन्द्रका जगत बहादुर सिंखडाले टिकट पाएका हुन्।

सोही क्षेत्रमा एमालेले ‘क’बाट रामकुमार अधिकारी र ‘ख’मा धनबहादुर घलेलाई टिकट दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .