डडेल्धुराबाट प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवाको उम्मेदवारीविरुद्ध उजुरी परेको छ।
नेपाली कांग्रेस बीपीका वरिष्ठ उपसभापति कर्णबहादुर मल्लले देउवाको उम्मेदवारीविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका हुन्।
देउवाको नागरिकता र मतदाता नामावलीमा फरक फरक जन्ममिति फेलाले उम्मेदवारी रद्द हुनुपर्ने भन्दै उजुरी दिएको मल्लले बताए।
देउवाको नागरिकतामा वि.सं. २००३ ज्येष्ठ ३१ गते जन्म मिति रहेको भेटिएको छ। उता मतदाता नामावलीमा भने २००२ जेठ ३१ गते रहेको पाइएको छ।
मल्ल कुनै बेला कांग्रेसमा रहँदा देउवाकै सहयोगी थिए। उनी २०७४ को निर्वाचनमा कांग्रेसबाटै प्रदेश सभामा निर्वाचित भएका थिए।
अहिले उनी बीपी कांग्रेसबाट देउवाविरुद्ध उठेका छन्। उनलाई देउवाविरुद्ध नेकपा एमालेले सघाएको छ।
702
Shares
प्रतिक्रिया