नेपाली कांग्रेस कञ्चनपुरले सत्ता गठबन्धनका उम्मेदवारहरुविरुद्ध नलाग्न कार्यकर्तालाई कडा निर्देशन दिएको छ।
जिल्ला कार्यसमितिका सचिव भीम भट्टले मंगलबार विज्ञप्ति जारी गर्दै वाम-लोकतान्त्रिक गठबन्धनका आधिकारिक उम्मेदवारबाहेक अन्यको पक्षपोषण नगर्न निर्देशन दिएको हो।
‘आधिकारिक उम्मेदवारबाहेकलाई पक्षपोषण हुने गरी कुनै किसिमका अभिव्यक्ति नदिन, सामाजिक सञ्जालमा पोष्ट, कमेन्ट र लाइक तथा कुनै प्रचारप्रसार जस्ता कार्य नगर्न अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ।
यस्तै लोकतान्त्रिक-वाम गठबन्धनका विपक्षमा कुनै किसिमका अभिव्यक्ति नदिन र सामाजिक सञ्जालमा टिप्पणी नगर्न पनि कांग्रेसले निर्देशन दिएको छ।
309
Shares
प्रतिक्रिया