ad ad

राजनीति


प्रतिनिधिसभातर्फ एमालेका १४१ उम्मेदवार, कतिले गर्लान् संसदको यात्रा?

सूर्य लिएर राप्रपा नेपालका कमल थापा पनि मैदानमा
प्रतिनिधिसभातर्फ एमालेका १४१ उम्मेदवार, कतिले गर्लान् संसदको यात्रा?

झापा ५ मा उम्मेदवारी दर्ताका क्रममा एमाले अध्यक्ष केपी शर्मा ओली। तस्बिर : राजन काफ्ले


नेपालखबर
असोज २८, २०७९ शुक्रबार १५:१, काठमाडौँ

नेकपा एमालेले आगामी मंसिर ४ गते हुने संसदीय निर्वाचनमा प्रतिनिधिसभातर्फ सबैभन्दा धेरै उम्मेदवार मैदानमा उतारेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादीसँग तालमेल गरेर पनि एमालेले देशभर १४१ क्षेत्रमा उम्मेदवारी दिएको हो। 

एमालेको सूर्य चिह्न लिएर राष्ट्रिय प्रजान्त्र पार्टी (नेपाल) का अध्यक्ष कमल थापा पनि मकवानपुर १ बाट चुनावी मैदानमा छन्। 

तर एमालेकै नेता घनश्याम भुसाल र प्रभु साह भने पार्टी छाडेर स्वतन्त्र रुपमा उठेका छन्। उनीहरुलाई सत्ता गठबन्धनले सघाएको छ।

एमालेले सबैभन्दा धेरै उम्मेदवार उठाउँदा त्यसपछि राप्रपाले पनि देशभर उम्मेदवार उठाएको छ। 

२०७४ एमालेले नेकपा माओवादी केन्द्रसँग तालमेल गर्दा सबैभन्दा ठूलो दल बनेको थियो। 

त्यसबेला १०३ सिटमा उम्मेदवारी दिएको एमालेले ८० सिटमा जित निकालेको थियो। तर त्यसबेला एमालेलाई माओवादीको बल मिलेको थियो।

यो पटक माओवादीले कांग्रेसलाई साथ दिएकाले २०७४ को विरासत जोगाउने चुनौती एमालेलाई आइपरेको छ। 

राप्रपा र जसपासँग गठबन्धन गरे पनि एमालेले २०७४ कै नतिजा दोहोर्‍याउने ठूलो चुनौती छ। यद्यपि एमाले नेताहरु 
बहुमतसहित सरकारमा फर्किने दाबी गरिरहेका छन्।

कांग्रेस-माओवादी गठबन्धनसँग भिड्नुपरेकाले एमालेले जित्ने क्षेत्र अहिले नै एकीन गर्न मुस्किल छ। 

यद्यपि अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेलसहितका प्रतिस्पर्धी कमजोर छन्। एमालेले यो पटक गठबन्धनलाई चिर्दै ४० देखि ४५ प्रत्यक्ष सिट जित्ने दाबी नेताहरु गर्छन्। तर सत्तारुढको बलियो गठबन्धन भएमा एमालेलाई नतिजा आफ्नो पक्षमा पार्न सजिलो छैन। 

चुनावको समय अझै एक महिनाभन्दा बढी भएकाले एमालेले जित्ने क्षेत्रबारे अनुमान गर्न अहिले नै हतार हुने अवस्था छ। एमालेबाट यो पटक को को पुग्लान् त संसदमा? हेरौँ चुनावी मैदानमा उत्रिएका १४१ जना उम्मेदवारको सूची : 

को को हुन् उम्मेदवार?
१) ताप्लेजुङ : योगेशकुमार भट्टराई
२) पाँचथर : वसन्तकुमार नेम्वाङ
३) इलाम-१ : महेश बस्नेत
४) इलाम-२ सुवासचन्द्र नेम्वाङ
५) झापा-१ : अग्निप्रसाद खरेल
६) झापा-२ : देवराज घिमिरे
७) झापा-४ : लालप्रसाद साँवा लिम्बू
८) झापा-५ : केपी शर्मा ओली
९) संखुवासभा : राजेन्द्रप्रसाद गौतम 
१०) तेह्रथुम : विजय सुब्बा
११) भोजपुर : शेरधन राई
१२) धनकुटा : राजेन्द्रकुमार राई
१३) मोरङ-१ : घनश्याम खतिवडा
१४) मोरङ-२ : ऋषिकेश पोखरेल
१५) मोरङ-३ : भानुभक्त ढकाल  
१६) मोरङ-४ : विनोदप्रसाद ढकाल
१७) मोरङ-६ : लालबाबु पण्डित
१८) सुनसरी-२ : भीमप्रसाद आचार्य
१९) सुनसरी-३ : भगवती चौधरी
२०) सुनसरी-४ : जगदिशप्रसाद कुसियैत
२१) सोलुखुम्बु : मानबीर राई
२२) खोटाङ : विशाल भट्टराई
२३) ओखलढुंगा : यज्ञराज सुनुवार 
२४) उदयपुर-१ : मञ्जकुमारी चौधरी
२५) उदयपुर-२ :अम्बरबहादुर रायमाझी
२६) सप्तरी-३ : ताराकान्त चौधरी
२७) सिराहा-१ : रामशंकर यादव
२८) सिराहा-३ : लिलानाथ श्रेष्ठ
२९) धनुषा-२ : उमाशंकर अरगरिया
३०) धनुषा-३ : जुलीकुमारी महतो
३१) धनुषा-४ : रघुबीर महासेठ
३२) महोत्तरी-१ : लक्ष्मी महतो कोइरी
३३) महोत्तरी-२ : रामपरीक्षण यादव
३४) सर्लाही-२ : राजनारायण साह
३५) सर्लाही-३ : हरिप्रसाद उप्रेती
३६) रौतहट-१ : अजयकुमार गुप्ता
३७) रौतहट-४ : उद्धवप्रसाद रेग्मी
३८) बारा-१ : अच्युतप्रसाद रेग्मी
३९) बारा-३ : ज्वालाकुमारी साह
४०) बारा-४ : एकवाल मियाँ
४१) पर्सा-३ : राजकुमार गुप्ता
४२) पर्सा-४ : जालिम मियाँ मन्सुरी
४३) दोलखा : बालकृष शिवाकोटी
४४) रामेछाप : कैलाशकुमार ढुंगेल
४५) सिन्धुली-१ : प्रदीपकुमार कटुवाल क्षेत्री
४६) सिन्धुली-२ : मनोजजंग थापा
४७) रसुवा : छोवाङ तेन्जिङ तामाङ
४८) धादिङ-१ : भूमिप्रसाद त्रिपाठी
४९) धादिङ-२ : खेमप्रसाद लोहनी
५०) नुवाकोट-१ : बद्री मैनाली
५१) नुवाकोट-२ : नारायणप्रसाद खतिवडा
५२) काठमाडौं-१ : किरण पौडेल
५३) काठमाडौं-२ : मणिराम फुयाल
५४) काठमाडौं-३ : कृष्णबहादुर राई
५५) काठमाडौं-४ : राजन भट्टराई
५६) काठमाडौं-५ : ईश्वर पोखरेल
५७) काठमाडौं-६ : सर्वेन्द्र खनाल
५८) काठमाडौं-७ : श्यामकुमार घिमिरे
५९) काठमाडौं-८ : शिवसुन्दर राजवैद्य
६०) काठमाडौं-९ : कृष्णगोपाल श्रेष्ठ
६१) काठमाडौं-१० : हिमेश केसी
६२) भक्तपुर-१ : नवराज गेलाल
६३) भक्तपुर-२ : महेश बस्नेत
६४) ललितपुर-१ : नवराज सिलवाल
६५) ललितपुर-२ : प्रेमबहादुर महर्जन
६६) ललितपुर-३ : अमृत खड्का
६७) काभ्रेपलाञ्चोक-१ : रेशमबहादुर लामा
६८) काभ्रेपलाञ्चोक-२ : गोकुलप्रसाद बाँस्कोटा
६९) सिन्धुपाल्चोक-१ : सरेश नेपाली
७०) सिन्धुपाल्चोक-२ : शेरबहादुर तामाङ
७१) मकवानपुर-१ : कमल थापा
७२) मकवानपुर-२ :महेशकुमार बर्तौला
७३) चितवन-१ : सुरेन्द्रप्रसाद पाण्डे
७४) चितवन-२ : कृष्णभक्त पोखरेल
७५) गोरखा-१ : रामशरण बस्नेत
७६) गोरखा-२ : अब्दुस सलाम मिया
७७) मनाङ : पोल्देन छेपाङ गुरुङ
७८) लमजुङ : पृथ्वी सुब्बा गुरुङ
७९) कास्की-१ : मनबहादुर गुरुङ
८०) कास्की-२ : विद्या भट्टराई
८१) कास्की-३ : दामोदर पौडेल बैरागी
८२) तनहुँ-१ एकबहादुर रानामागर
८३) तनहुँ-२ किरण गुरुङ
८४) स्याङ्जा-१ : नारायणप्रसाद मरासिनी
८५) स्याङ्जा-२ : पद्माकुमारी अर्याल
८६) नवलपरासी (बर्दघाट सुस्ता पूर्व)-१ : कृष्णप्रसाद पौडेल
८७) नवलपरासी (बर्दघाट सुस्ता पूर्व)-२ : तिलबहादुर महत क्षेत्री
८८) मुस्ताङ : प्रेमप्रसाद तुलाचन
८९) म्याग्दी : हरिकृष्ण श्रेष्ठ
९०) बागलुङ-१ : सूर्यप्रसाद पाठक
९१) बागलुङ-२ : मञ्जु शर्मा
९२) पर्वत : पदम गिरी
९३) गुल्मी-१ प्रदीपकुमार ज्ञवाली
९४) गुल्मी-२ गोकर्णराज विष्ट
९५) पाल्पा-१ नारायणप्रसाद आचार्य
९६) पाल्पा-२ ठाकुरप्रसाद गैरे
९७) अर्घाखाँची : टोपबहादुर रायमाझी
९८) रुपन्देही-१ छविलाल विश्वकर्मा
९९) रुपन्देही-२ विष्णुप्रसााद पौडेल
१००) रुपन्देही-५ : बाशुदेव घिमिरे
१०१) कपिलवस्तु-१ : बलराम अधिकारी
१०२) कपिलवस्तु-२ बृजेशकुमार गुप्ता
१०३) कपिलवस्तु-३ : मंगलप्रसाद गुप्ता
१०४) रुकुम पूर्व : कैलाशकुमार मल्ल
१०५) रोल्पा : पूर्ण बुढामगर
१०५) प्युठान : सूर्यबहादुर थापा क्षेत्री
१०७) दाङ-१ : शान्ता चौधरी
१०८) दाङ-२ : शंकर पोखरेल
१०९) दाङ-३ : कोमल वली
११०) बाँके-१ : सूर्यप्रसाद ढकाल
१११) बाँके-३ : किस्मतकुमार कक्षपती
११२) बर्दिया-१ : लक्ष्मणराज ज्ञवाली
११३) बर्दिया-२ : पंकजसिंह राठोर
११४) नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)-२ : दिपेन्द्रकुमार अधिकारी
११५) सल्यान : राजेन्द्रवीर राय
११६) डोल्पा : गणेशबहादुर शाही
११७) मुगु : राजबहादुर कार्की
११८) जुम्ला : रतननाथ योगी
११९) कालिकोट : श्री नगिन्द्र शाही
१२०) हुम्ला : दल रावल
१२१) जाजरकोट : निरजप्रसाद आचार्य
१२२) दैलेख-१ रविन्द्रराज शर्मा
१२३) दैलेख-२ लक्ष्मीप्रसाद पोखरेल
१२४) सुर्खेत-१ ध्रुवकुमार शाही
१२५) सुर्खेत-२ अमृतबहादुर बुढाक्षेत्री
१२६) रुकुम पश्चिम : नन्दराम देवकोटा
१२७) बाजुरा : कर्णबहादुर थापा
१२८) अछाम-१ झपटबहादुर बोहरा
१२९) अछाम-२ यज्ञबहादुर बोगटी
१३०) बझाङ : ऐनबहादुर महर
१३१) डोटी : गौरीकुमारी ओली
१३२) कैलाली-१ : तपेन्द्रबहादुर रावल
१३३) कैलाली-२ : झपटबहादुर रावल
१३४) कैलाली-३ : गौरीशंकर चौधरी
१३५) कैलाली-४ : लेखराज भट्ट
१३६) कैलाली-५ : नारदमुनि राना
१३७) दार्चुला : गणेशसिंह ठगुन्ना
१३८) बैतडी : दामोदर भण्डारी
१३९) कञ्चनपुर-१ : तारा लामा तामाङ
१४०) कञ्चनपुर-२ : नरबहादुर धामी
१४१) कञ्चनपुर-३ : निरुदेवी पाल  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .