ad ad

राजनीति


निर्वाचित भएपछि ‘जय नेपाल’ शब्द संविधानमै लेखाउन संसदमा बहस गर्छु : प्रधान

निर्वाचित भएपछि ‘जय नेपाल’ शब्द संविधानमै लेखाउन संसदमा बहस गर्छु : प्रधान

नेपालखबर
कात्तिक ५, २०७९ शनिबार १४:०, काठमाडौँ

नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले निर्वाचित भएपछि संविधानमा ‘जय नेपाल’ शब्द लेख्ने विषयलाई प्राथमिकताका साथ उठाउने बताएका छन्।  

काठमाडौंको जमलमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले ‘जय नेपाल’ लाई राष्ट्रिय अभिवादनका रुपमा प्रयोगमा ल्याइनुपर्ने जिकिर गर्दै संविधानमै लेख्नका लागि संसदमा बहस गर्ने बताएका हुन्। 

सत्ता गठबन्धनका तर्फले काठमाडौं–५ मा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनाएका प्रधानले ‘जय नेपाल’ कांग्रेसको मात्र अभिवादन नभएर राष्ट्रिय अभिवादनका रुपमा प्रयोग गरिनुपर्नेमा जोड दिए। 

‘राष्ट्रिय गानमा जय नेपाल भनिन्छ। राष्ट्रिय कार्यक्रममा यो शब्द प्रयोगमा ल्याइदैन। यो कांग्रेसको अभिवादनमात्र जस्तो गरिन्छ,’ उनले भने, ‘जय नेपाल संविधानमै लेखिनुपर्छ। संविधानको धारा ९ मा लेखिनुपर्छ भनेर संसदमा उठाउँछु।’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तामा रहँदा संविधान मिचेका कारण संविधानको रक्षाका लागि आफूहरुले गठबन्धन गर्नुपरेको प्रधानले बताए।  

‘गठबन्धन बाध्यात्मक परिस्थितिको उपज हो। कारण के भने ओलीजीले संविधानविपरित काम गर्नुभयो,’ उनले भने, ‘उहाँका सहकर्मीहरुले संविधान जोगाउनु पर्यो भनेर हाम्रो सभापतिसँग अनुनय, विनय गर्नुभयो। र, यो गठबन्धन बन्यो।’

आसन्न निर्वाचन लोकतन्त्र पक्षधर र निरंकुशतन्त्र पक्षधरबीचको लडाईं भएको टिप्पणी गर्दै प्रधानले आफू संविधान रक्षाका लागि कांग्रेसका तर्फबाट उम्मेदवार बनेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .