राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार पुकार बमको चुनाव प्रचारमा खटिने भएका छन्।
बमको सचिवालयका सुरज गिरीले नेपालखबरलाई दिएको जानकारी अनुसार सोमबार दिउँसो १ बजे नयाँ बानेश्वर क्षेत्रको प्रचार रवि खटिन लागेका हुन्।
‘भोलि दिउँसो १ बजेदेखि रवि लामिछानेसहित हामी नयाँ बानेश्वरबाट चुनाव प्रचार यात्रामा हुनेछौं,’ गिरीले भने, ‘शनिबार हामीले त्रिपुरेश्वर क्षेत्रमा प्रचार गरेका छौँ।’
‘चुनावी बाचा’ तयार गर्न रवि चितवनबाट काठमाडौं आएका हुन्।
उनले दिएको जानकारी अनुसार चुनावी बाचा तयार पारेर उनी फेरि चितवन फर्कनेछन्। चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका लामिछाने काठमाडौें आएको अवसर पारेर पुकार बमको प्रचारमा खटिने तय भएको गिरीले बताए।
Shares
प्रतिक्रिया