कलाकार दीपकराज गिरीले ६० वर्षमाथिका उम्मेदवारलाई भोट नदिने घोषणा गरेका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत उनले ६० वर्ष उमेर कटेका उम्मेदवारलाई भोट हालेर आफ्नो मत खेर नफाल्ने बताएका हुन्।
दलका शीर्ष नेताहरू ६० वर्षभन्दा माथि उमेरका भएकाले उनको अभिव्यक्ति उनीहरूप्रति लक्षित देखिन्छ।
‘सबै फूल गुलाफ हुँदैनन्। सबै स्वतन्त्र बालेन हुँदैनन्’, गिरीले फेसबुकमा लेखेका छन्, ‘आफ्नो भोट खेर फाल्दिनँ। ६० कटेकालाई हाल्दै हाल्दिनँ।’
आगामी मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन हुँदै छ।
66
Shares
प्रतिक्रिया