ad ad

राजनीति


आइसल्यान्डबाट स्वदेश फर्किन् राष्ट्रपति

आइसल्यान्डबाट स्वदेश फर्किन् राष्ट्रपति

फाइल तस्बिर


नेपालखबर
कात्तिक २६, २०७९ शनिबार १०:८, काठमाडौँ

राष्ट्रपति विद्यादेवी भण्डारी आइसल्यान्डबाट स्वदेश फर्किएकी छन्। आइसल्यान्ड भ्रमण सकेर उनी आज बिहान काठमाडौं आइपुगेकी हुन्। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति भण्डारीलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतले स्वागत गरे।

विश्वभरका महिला नेताहरूको सञ्जाल वुमेन पोलिटिकल लिडर (डब्लूपीएल) को आयोजनामा यही नोभेम्बर ८ देखि १० सम्म आयोजित रेक्जाभिक ग्लोबल फोरममा भाग लिन राष्ट्रपति भण्डारी गत सोमबार आइसल्यान्ड गएकी थिइन्। 

सम्मेलनमा राष्ट्रपति भण्डारीलाई डब्लूपीएल ट्रेलब्लेजर अवार्डले सम्मान गरिएको थियो।

भ्रमण दलमा राष्ट्रपति भण्डारीकी छोरी उषाकिरण भण्डारी, मन्त्रालयका सचिव भरतराज पौड्याललगायत सहभागी थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .