ad ad

राजनीति


‘बिना ढेउवाके’ भन्नेहरूलाई मंसिर ४ मा जनताले देखाइदिन्छन् : ओली

‘बिना ढेउवाके’ भन्नेहरूलाई मंसिर ४ मा जनताले देखाइदिन्छन् : ओली

नेपालखबर
कात्तिक ३०, २०७९ बुधबार २०:४६, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले टालटुल गरी दल बटुलेर बनाइएको गटबन्धन मुलुकका लागि घातक भएको बताएका छन्।

सुनसरीको निर्वाचन क्षेत्र नम्बर ४ को चुनावी सभालाई सम्बोधन गर्दै बुधवार अध्यक्ष ओलीले गठबन्धन दललाई पत्रु गठबन्धनको संज्ञा दिएका हुन्।

उनले तत्कालीन गठबन्धनले देशलाई विकास र समृद्ध बनाउन नसक्ने दाबी गरे। उनले तत्कालीन गठबन्धन देश बनाउनका लागि नभइ सरकार कब्जा गर्ने र देश लुटेर खाने गठबन्धन भएको बताए।

अध्यक्ष ओलीले देशलाई विकास र समृद्धिको दिशामा अघि बढाउन आसन्न निर्वाचनमा नेकपा एमालेलाई जिताउन आवश्यक भएको बताए। उनले गठबन्धनले १५/२० वर्षसम्म गठबन्धन रहन्छ भनेर दाबी गरेपनि गठबन्धन १५ वर्ष रहन्छ भन्नेलाई आसन्न निर्वाचनमा मतदाताले जवाफ दिने बताए । टुक्रेहरुलाई भोट दिएमा देशमा सुशासन कायम नहुने उनले बताए।

उनले भने, ‘टुटेफुटेका हाँडी जस्तै पत्रुहरु भेला पारेर बनेको गठबन्धनले देश विकास गर्न सक्दैन। यिनिहरुको गठबन्धन देश हो र? सरकार कब्जा गरेर लुटेर खानका लागि हो। त्यस्तो गठबन्धनले अनि देश बनाउँछ? त्यसकारण आजको आवश्यक्ता एमाले सरकार हो। के का १५,२० वर्षको सहकार्य? देश लुट्न र भ्रष्टाचार गर्नलाई २० वर्ष चाहियो? मंसिर ४ मा जनताले देखाई दिनेछन्। बिना ढेउवाके भन्नेहरुलाई।’

अध्यक्ष ओलीले (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले घरमा आगो लगाएर नेपाली कांग्रेसको पालीमा बास बस्न पुगेको बताए। 

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा एमालेले जगदीश कुसियैतलाई उम्मेदवार बनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .