ad ad

राजनीति


चितवनका माओवादी नेतालाई होटेलको बिल उपलब्ध गराउन आयोगको निर्देशन

चितवनका माओवादी नेतालाई होटेलको बिल उपलब्ध गराउन आयोगको निर्देशन

नेपालखबर
कात्तिक ३०, २०७९ बुधबार २१:१५, काठमाडौँ

निर्वाचन आयोगले होटल रोयल सेन्चुरी, चितवन र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला कार्यसमिति, चितवनका अध्यक्षलाई पत्र पठाइ यही कात्तिक २९ गतेको जनप्रदर्शनमा सहभागीलाई खाना खुवाइएको खर्चको बिलको प्रमाणित प्रति उपलब्ध निर्देशन दिएको छ।

आयोगले सो पार्टीका जिल्ला अध्यक्षलाई २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न पनि भनेको छ।

सो पार्टीका चितवन अध्यक्षले आफ्नो सामाजिक सञ्जालमा पोष्ट गरी उक्त दिन ‘बिहान ८ बजे नारायणगढ लायन्स चोकबाट गठबन्धनको जनप्रदर्शन हुने हुँदा सम्पूर्ण नेता, एवं कार्यकर्तामा सक्रिय उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ, साथै जनप्रदर्शन पछि होटल रोयल सेन्चुरीमा खानाको व्यवस्था गरिएको छ’ भन्ने व्यहोरा उल्लेख गरिएको सामग्री आयोगमा प्राप्त भएको विषयमा आयोगले पत्र पठाएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .