ad ad

राजनीति


मतदानपछि रविले भने– मैले जिते देशलाई समृद्ध बनाउँछु

मतदानपछि रविले भने– मैले जिते देशलाई समृद्ध बनाउँछु

नेपालखबर
मंसिर ४, २०७९ आइतबार ११:१४, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रदेश संरचनालाई नसुधारेसम्म आफू प्रदेशसभा निर्वाचनमा सहभागी नहुने बताएका छन्। 

आइतबार बिहान काठमाडौंको महांकाल चौरस्थित उपत्यका खानेपानी लिमिटेड केन्द्रबाट मतदान गरेपछि उनले सो कुरा बताएका हुन्।

लामिछानेले प्रदेश सभा सदस्यामा भने मतदान गरेका थिएनन्। 

अहिलेको प्रदेश संरचनालाई नसुधारेसम्म मत आफू सहभागी नहुने उनको भनाई थियो। 

अहिलेको प्रदेश सभा धेरै खर्चिलो र जनमुखी सेवा प्रवाह गर्ने नभएकाले प्रदेश सभामा आफू सहभागी नबनेको बताए। ‘प्रदेश संरचनामा हामीले प्रश्न उठाएका छौँ। हाम्रो चुनाव चिन्ह पनि छैन, हामी सहभागी छैनौँ। खारेजीको कुरा होइन, गरेका छैनौँ तर सुधारौँ,’ उनले भने, ‘हामीले सोचेजस्तो देश र जनताको हीतमा भए मात्रै हामी सहभागी हुन्छौँ।’

भोट खसालिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले आफूले जितेमा देश समृद्ध, सुशासित हुने प्रतिवद्धता उनले जनाए। ‘हामीले जितेमा देश समृद्ध, सुशासन हुनेछ। नागरिकले दुःख पाउने छैनन्। अन्य मुलुकजस्तै यो मुलुक पनि समृद्ध हुनेछ।’ उनले भने।

उनले देशलाई आफूले जिते अन्य मुलुकजस्तै समृद्ध बनाउने दाबी गरे।

चितवन २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार लामिछानेले मतदाता नामावलीमा नाम चितवनमा नभएकाले आफूले आफैंलाई मत हाल्न पाएनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .