ad ad

राजनीति


मोरङमा दिउँसो १ बजेसम्म ३३ प्रतिशत मत खस्यो

मोरङमा दिउँसो १ बजेसम्म ३३ प्रतिशत मत खस्यो

मोरङमा चुनावी सुरक्षाका लागि खटिएका प्रहरी। तस्बिर : ध्रुव भट्टराई/नेपालखबर


नेपालखबर
मंसिर ४, २०७९ आइतबार १३:२७, विराटनगर

काठमाडौंपछि सबैभन्दा बढी ६ निर्वाचन क्षेत्र रहेको मोरङमा ३३ प्रतिशत मत खसेको छ।

दिउँसो १ बजेसम्म ३३ प्रतिशत मत खसेको जानकारी प्रदेश निर्वाचन कार्यलय १ का प्रमुख लेवन काश्यव अधिकारीले बताए।

बिहान ७ बजेदेखि शुरु भएको मतदान कार्य साँझ ५ बजेसम्म चल्ने छ। मोरङमा कुल मतदाता ७ लाख ३५ हजार ५३५ रहेका छन्।

सबैभन्दा बढी क्षेत्र नं. ३ मा १ लाख ४९ हजार ८३३ मतदाता छन्।सबैभन्दा कम मोरङ क्षेत्र नं. ५ मा १ लाख ४९४ मतदाता छन्।

मोरङमा ३सय ६ मतदान स्थल र ८३९ मतदान स्थल रहेका छन्। 

मोरङमा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका लागि स्वतन्त्र सहित ११८ जनाको उम्मेदवारी परेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .