सर्लाही क्षेत्र नम्बर १ को प्रदेशसभा (ख)मा मा नेकपा (एकीकृत समाजवादी) की बेची लुंगेली विजयी भएकी छन्।
नेकपा एमालेकी शान्ति लामालाई फराकिलो मतान्तरले पराजित गर्दै दोस्रो पटक उनी मधेश प्रदेशसभा सदस्यमा निर्वाचित भएकी हुन्।
लुंगेलीले लामालाई छ हजार छ सय ९९ मतान्तरले पराजित गरेकी छन्। लुङ्गेलीले १३ हजार छ सय ७६ मत प्राप्त गर्दा लामाले भने छ हजार नौ सय ७७ मत मात्र प्राप्त गरेकी छन्।
यो क्षेत्रमा स्वतन्त्रतर्फको जेब्रा चुनाव चिह्नबाट उम्मेदवार बनेका राजनकुमार श्रेष्ठले पनि पाँच हजार नौ सय ४५ मत प्राप्त गरेका छन्। माओवादी नेता श्रेष्ठले गठबन्धनका उम्मेदवार लुंगेली विरुद्ध बागी उम्मेदवारी दर्ता गरेका थिए।
33
Shares
प्रतिक्रिया