शनिबार दिउँसो १ बजे बस्ने भनिएको नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बिहान साढे ९ बजे नै बस्ने भएको छ।
पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिउँसो १ बजेका लागि बैठक बोलाइएको जानकारी गराएका थिए। यद्यपि बैठक अहिले साढे ९ बजे नै बस्ने तय भएको छ।
बैठकका लागि पार्टी केन्द्रीय कार्यालयमा नेताहरु जम्मा हुने क्रम जारी छ।
निर्वाचनको समीक्षा, सत्ता गठबन्धन र भावी सरकारको रणनीतिलगायत बैठकका एजेण्डा रहेको जनाइएको छ।
साथै, समानुपातिकर्फतका सांसदहरूको छनोटका विषयमा पनि आजको बैठकमा छलफल हुनेछ।
42
Shares
प्रतिक्रिया