ad ad

राजनीति


‘संसद अधिवेशन आह्वान भएपछि सभामुखको निर्वाचन प्रक्रिया अघि बढ्छ’

‘संसद अधिवेशन आह्वान भएपछि सभामुखको निर्वाचन प्रक्रिया अघि बढ्छ’

नेपालखबर
पुस ६, २०७९ बुधबार १६:५५, काठमाडौँ

संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले राष्ट्रपतिबाट संसद अधिवेशन आह्वान भएपछि सभामुखको निर्वाचन प्रक्रिया अघि बढ्ने बताएका छन्।

प्रवक्ता पाण्डेले राष्ट्रपतिबाट संसद अधिवेशन आह्वान भएपछि सभामुखको निर्वाचन प्रक्रिया १५ दिनभित्र सम्पन्न गर्नेगरी कानूनमा व्यवस्था भएकाले सोही अनुसार संसद सचिवालयले एजेण्डाहरु अघि बढाउने बताए।

उनले संसद भवनमा १ बजेका लागि नवनिर्वाचित सांसदहरुको शपथग्रहण हुने बताए। बानेश्वरको आइसीसी हलमा सांसदहरुको शपथग्रहण ज्येष्ठ सदस्य पशुपति समशेर जबराले गराने जानकारी दिए।

उनले भने, ‘आज मात्रै प्रतिनिधि सभाका ज्येष्ठ सदस्यले राष्ट्रपतिबाट शपथग्रहण गर्नुभएको छ। भोलि १ बजे हामीले सम्पूर्ण प्रतिनिधि सभाका मान्य सदस्यज्युहरुको लागि शपथग्रहण कार्यक्रम बानेश्वरको आइसीसी हलमा आयोजना गरेका छौँ। यसको लागि ज्येष्ठ सदस्यले भोलि १ बजे शपथग्रहण गराउनु हुनेछ। यो बीचमा उहाँहरुले प्रमाणपत्र ल्याएर भेरिफिकेशन गर्ने काम रहन्छ, उहाँहरुलाई हामी लोगो उपलब्ध गराउँछौँ। त्यसपछि उहाँहरु कार्यक्रम सभास्थलमा प्रवेश गर्नुहुन्छ।’ 

मातृ भाषामा शपथग्रहण गर्न चाहने सांसदहरुले पूर्व सूचना दिएपछि मात्रै मातृभाषामा शपथग्रहण गराइने बताए।

उनले भने, ‘हामीले शपथग्रहणका लागि नेपाली भाषामा लेखिएको प्रमाणपत्रको शपथको व्यहोरा सहितको पत्र हामीले उहाँहरुलाई उपलब्ध गराउनेछौँ। त्यसपछि शपथग्रहणको लागि पूर्व सूचना दिएर मातृ भाषामा शपथग्रहणका लागि अनुवाद गरेर उहाँहरुले आफ्नो भाषामा ल्याउनुभएको छ। त्यसलाई पनि हामीले समावेश गर्नेछौँ। मान्यज्युहरुले आफ्नो मातृ भाषामा पनि शपथग्रहण गर्न सक्नुहुन्छ। शपथग्रहणपछि मान्यसदस्यहरुले संसदीय गतिविधिहरुमा औपचारिक रुपमा अघि बढ्न सक्नुहुनेछ। राष्ट्रपतिबाट संसद अधिवेशन आह्वान भएपछि सभामुखको निर्वाचन प्रक्रिया १५ दिन भित्र सम्पन्न गर्नेगरी कानूनमा व्यवस्था भएको हुनाले त्यही अनुसार एजेण्डा अघि बढ्छ।’

बुधवार सिंहदरबारमा न्युज एजेन्सी नेपालसँगको कुराकानीमा प्रवक्ता पाण्डेले शपथग्रहणपछि संसदमा सहभागी राजनीतिक दलहरुले संसदीय गतिविधिहरु औपचारिक रुपमा अघि बढाउन सक्ने पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .