राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा जाने भएको छ।
पार्टीको धुम्बाराहीमा बैठकले सभापति लामिछानेको नेतृत्वमा सरकारमा जाने निर्णय गरेको एक नेताले जानकारी दिए।
रविले सरकारमा जानका लागि उपप्रधानमन्त्री पद पनि मागेका छन्। तर गठबन्धन सरकारले दुईजना मात्रै उपप्रधानमन्त्री राख्ने समझदारी गरेको छ।
रविले लिने मन्त्रालय टुंगो नलागे पनि उनले काम देखाउन पाउने खोजेका छन्। रविले आफ्ना लागि उपप्रधानमन्त्री मागेपछि यसबारे गठबन्धनको बैठकले निर्णय लिने भएको हो।
तर नेकपा एमाले र माओवादी उनलाई उपप्रधानमन्त्री दिने पक्षमा छैनन्। नागरिक विवाद पनि खेपिरहेका रविले आफूलाई शक्तिशाली स्थानमा उभ्याउन खोजेका छन्।
गठबन्धनबाट उपप्रधानमन्त्रीमा एमाले उपाध्यक्ष विष्णु पौडेल र माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ हुने निश्चित भएको छ।
राप्रपाले सरकारलाई समर्थन गरे पनि मन्त्रालय नलिने भएको छ। अर्कातिर जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले कृषि मन्त्रालय लिने तयारी गरेका छन्।
भागबण्डाका क्रममा एमालेले राज्यमन्त्रीसहित ८, माओवादीले राज्यमन्त्रीसहित ६ मन्त्रालयले लिने तयारी गरेका छन्।
Shares
प्रतिक्रिया