ad ad

राजनीति


नारायणकाजी उपप्रधानसहित भौतिक योजनामन्त्री

नारायणकाजी उपप्रधानसहित भौतिक योजनामन्त्री

फाइल तस्बिर


नेपालखबर
पुस ११, २०७९ सोमबार १५:४७, काठमाडौँ

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानसहित भौतिक योजना तथा निर्माण मन्त्री हुने भएका छन्।

सोमबार दिउँसो संसद् भवनमा बसेको सात दलीय गठबन्धनको बैठकपछि माओवादी केन्द्रले नारायणकाजीलाई भौतिक योजना मन्त्रालय दिने निर्णय गरेको हो। 

यसअघि उनी परराष्ट्रमन्त्री बन्ने चर्चा थियो। तर उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा जाँदा विकासे मन्त्रालय रोजेका हुन्।

'अहिलेसम्म उहाँको भौतिक पूर्वाधार मन्त्रालयमा शपथ गराउने तयारी छ। वीचमा कुनै हेरफेर नभए त्यही मन्त्रालय कायम होला', प्रधानमन्त्रीनिकट श्रोतले नेपालखबरसँग भन्यो।

अहिले ४ बजेपछि प्रधानमन्त्री प्रचण्डले शपथ लिएपछि उपप्रधासहितका मन्त्रीहरुले पनि त्यहीँ शपथ लिँदैछन्। 

नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल उपप्रधानसहित अर्थ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानसहित गृहमम्त्री बन्दै छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .