ad ad

कोशी


प्रदेश १ : प्रदेश सभा सदस्यले लिए शपथ

प्रदेश १ : प्रदेश सभा सदस्यले लिए शपथ

नेपालखबर
पुस ११, २०७९ सोमबार १५:५८, विराटनगर

प्रदेश १ मा प्रदेशसभा सदस्यह–ले पद तथा गोपनयीताको शपथ लिएका छन्।  

प्रदेशसभाका जेष्ठ सदस्य ७९ वर्षीय गयानन्द मण्डल गनगाइँले सांसदहरूलाई पद तथा गोपनयीताको शपथ खुवाएका हुन्। सो क्रममा ६ जना सांसदले मातृभाषामा शपथ लएिका छन्।

आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका इन्द्रबहादुर आङ्बो, पर्यटन तथा संस्कृतमन्त्री खिना लङ्वा लिम्बू, कमलप्रसाद जबेगु, खगेनसिंह हाङ्गाम र जनता समाजवादी पार्टीकी निर्मला लिम्बूले मातृभाषा याक्थुङ लिम्बू भाषामा शपथ लिएका छन्। सांसद सुनिता चौधरीले भने थारू भाषामा सपथ लिएकी छन्।

प्रदेश १ मा कुल ९३ जना संसद रहेका छन्। जसमा १३ जना दोहोरिएका छन् भने अरु सबै नयाँ अनुहार हुन्।

प्रदेश १ मा सबैभन्दा कान्छी सांसदका रुपमा झापाकी ३४ वर्षीया बन्दना झागड रहेको प्रदेश सभा सचिवालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .